झम्सिखेल, ललितपुर, नेपाल
अर्थोडक्स विश्वास र प्रार्थना, पवित्र चर्चको अटुट शृङ्खला
अर्थोडक्स विश्वास र प्रार्थना, पवित्र चर्चको अटुट शृङ्खला
अर्थोडक्स विश्वास र प्रार्थना, पवित्र चर्चको अटुट शृङ्खला
अर्थोडक्स विश्वास र प्रार्थना, पवित्र चर्चको अटुट शृङ्खला
अर्थोडक्स विश्वास र प्रार्थना, पवित्र चर्चको अटुट शृङ्खला
अर्थोडक्स विश्वास र प्रार्थना, पवित्र चर्चको अटुट शृङ्खला

हाम्रो बारेमा

बिलिभर्स इस्टर्न चर्चको विश्वास, भक्ति र अभ्यासहरु प्रेरितहरुका सिद्धान्त र पवित्र चर्चको पवित्र परम्परामा आधारित छन्। हामी बाइबललाई परमेश्वरद्वारा प्रेरणा भएको र अचुक वचन मान्दछौं, जुन पवित्र चर्चले हामीलाई दिएको छ, “सत्यको स्तम्भ र जग” (१ तिमोथी ३:१५)। हाम्रो चर्चको आधिकारिक नाइसिया विश्वासको सार, हाम्रो विश्वासको प्रतीक हो।

प्राचीन चर्चको विश्वासको अनुसरण गर्नु नै अर्थोडक्सी हो। त्यसकारण, हामी सुरुदेखिको साझा, धर्मशास्त्रमा आधारित विश्वासलाई दृढतापूर्वक अपनाउछौं। तथापि, हरेक पुस्ताले यो अर्थोडक्स विश्वासलाई, यसको संस्कृति र युगमा बुझिएको र प्रयोगमा रहेको, दुबै तरिकाले ग्रहण गरेर, कुनै सम्झौताबिना यसलाई अभ्यास गर्नुपर्छ र सिकाउनुपर्छ।

हाम्रा चर्चहरू

जब मानिसहरू हाम्रा चर्चहरूमा आउँछन्, तिनीहरूले सबैभन्दा पहिले दुई कुराहरू अनुभव गर्नुपर्छ: येशू ख्रीष्टको प्रेम र उपस्थिति र एउटा चर्चको अनुभव जसको विश्वास र अभ्यास प्रारम्भिक चर्च जस्तै हो।

 

आफ्नो नजिकै एउटा परगणा खोज्नुहोस्
Events Image Events Image

मेट्रोपोलिटनको कार्यालय

मोरान मोर अथनेसियस योहान प्रथमको जन्म १९५० मा भारतको केरला राज्यको निरानाम गाउँमा कडापिलारिल पुन्‍नोस योहनानको रुपमा भएको थियो। निरानाम गाउँ भारतीय चर्चको इतिहासमा धेरै महत्त्वपूर्ण स्‍थान हो, किनभने यहीं प्रेरित सन्त थोमाले ५२ इस्वीमा आफ्ना सात वटा चर्चहरुमध्ये एउटाको स्थापना गरेका थिए। आज पनि, यो गाउँमा सन्त थोमा क्रिश्चियनहरु (जसलाई सिरियाली क्रिश्चियन पनि भनिन्छ) बसोबास गर्छन्, जो प्रथम शताब्दीमा सन्त थोमाद्वारा विश्‍वासमा ल्याइएका क्रिस्‍चियनहरुका सन्तानहरु हुन्। त्यसकारण, योहान (सन्त युहन्नाको हिब्रु नाउँ) ईश्‍वरभक्त आमाबाबुबाट आशीर्वाद प्राप्‍त हुनुहुन्‍थ्‍यो, जसले उहाँलाई अर्थोडक्स विश्वासमा बलियो आधार प्रदान गरे, र पवित्र संस्कारपूर्ण जीवनलाई नै जीवनको मार्गका रुपमा अपनाउनको निम्‍ति हुर्काए।

थप हेर्नुहोस्

नि: शुल्क स्रोतहरू

परमेश्वरसँगको तपाईंको यात्रालाई बलियो बनाउन र तपाईंको जीवन परिवर्तन गर्न सक्ने पुस्तकहरू डाउनलोड गर्नुहोस्।