ख्रिस्टको सेवालाई निरन्तरता दिंदै
जब हामी आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्न खोज्दछौं, तब यसमा अरुलाई प्रेम गर्ने र ख्रिस्टको महान् आज्ञा पालन गरेर उहाँको उदाहरणलाई पछ्याउने कुरा समावेश भएको हामी पाउँछौं।
सुसमाचारका सबै पुस्तकमा, येसुले आफ्नो अधिकांश समय मानिसहरुका शारीरिक पीडा कम गर्नमा बिताउनुभयो। मानिसहरुले जस्तोसुकै प्रकारको पीडा सहे पनि येसुले सधैं करुणाका साथ प्रतिउत्तर जनाउनुभयो (सन्त मत्ती ९:३५-३८)।
मण्डलीले प्रायः सेवालाई आत्मिक वा सामाजिक रुपले विचार गर्दछ, तर येसुले मानिसलाई शरीर, प्राण र आत्मा मिलेर बनेको एक सम्पूर्ण अस्तित्वको रुपमा सेवा गर्नुभयो। यसैकारण हामी मानवजातिका आवश्यकताहरु पूरा गर्न उत्साहित छौं, चाहे ती आवश्यकताहरु आत्मिक होस् वा भौतिक, र यसैकारणले गर्दा हामी जात, सम्प्रदाय वा धर्मको पर्वाह नगरी मानवजातिको सेवा गर्दछौं।
गरिबी निवारण
गरिबी र यसको हानिकारक प्रभाव आज हाम्रो संसारको लागि गम्भीर समस्या बनेको छ। गरिबहरू प्रायः दिनमा एक वा दुई पटक पूरा खाना पाउन संघर्ष गर्छन् र दैनिक जीवनयापनको लागि दैनिक ज्यालामा निर्भर हुन्छन्।
बिलिभर्स इस्टर्न चर्च प्रत्येक डायोसिस र प्रत्येक पल्ली मार्फत गरिबहरूलाई सेवा गर्न सक्रिय रूपमा संलग्न छ।
हामी सामान्यतया प्रत्येक वर्ष लगभग १५०,०० परिवारलाई गरिबीको चक्र तोड्न मद्दत गर्छौं।
यो मुख्यतया शिक्षा, चिकित्सा हेरचाह र आय आर्जन गर्ने उपहारहरू प्रदान गरेर गरिन्छ। यी उपहारहरूमा सिलाई मेसिन, पशुधन, सिकर्मी औजार, कृषि उपकरण र अन्य व्यावसायिक आपूर्तिहरू समावेश छन्। व्यावसायिक तालिमले प्राप्तकर्ताहरूलाई उनीहरूको परिवारको दीर्घकालीन पालनपोषण गर्न आवश्यक सीपहरू प्रदान गर्दछ।
हामी कसरी गर्छौं
बिलिभर्स इस्टर्न चर्चले गरिबीको मूल कारणहरुलाई सम्बोधन गर्दछ र व्यक्ति,
परिवार, समुदाय र समाजलाई व्यापक रुपमा सहयोग प्रदान गर्न प्रयास गर्दछ। हाम्रा प्रमुख पहलहरुमा समावेश छन्:
ख्रिस्टको समुदाय हुनु
हामी युखारिस्टलाई हाम्रो आराधनाको केन्द्रबिन्दु मान्दछौं, र हामी प्राचीन परम्पराअनुसार हाम्रो आराधना सेवाहरुमा पवित्र धर्मशास्त्र पढ्छौं र सिकाउँछौं।
बाइबल प्रत्येक विश्वासीका लागि आधारभूत हो। हामी हाम्रो चर्चका प्रत्येक सदस्यलाई दैनिक धर्मशास्त्र पढ्न, कण्ठ गर्न र मनन गर्न प्रोत्साहित गर्छौं। परिवारहरुले यसलाई आफ्नो पारिवारिक भक्तिको हिस्साको रुपमा समावेश गर्छन्।
बाइबल हाम्रा लागि सिद्धान्त र धर्मशास्त्रको पुस्तकचाहिं होइन, बरु परमेश्वरले आफ्ना जनहरुसँग गर्नुभएको अन्तरसंवादको जीवन्त कथा हो। परमेश्वरको वचनमार्फत, उहाँले हामीप्रति दर्साउनुभएको प्रेम र त्यस प्रेमप्रति हामीले कसरी प्रतिउत्तर जनाउन सक्छौं भन्ने कुरा सिक्दछौ। त्यसकारण, परमेश्वरलाई प्रेम गर्नु भनेको उहाँको वचन पालन गर्नु हो (सन्त युहन्ना १४:२१)।
ख्रिस्टका चेलाहरु हुनुको अर्थ हामी प्रार्थना गर्ने मानिसहरु हौं जसले व्यक्तिगत र सामूहिक रुपले प्रार्थना गर्छन्। धार्मिक जीवनलाई अँगाल्नु भनेको ख्रिस्चियन भएर जिउने सामान्य तरिका हो।
मायालु समुदाय बन्न