संरचना र प्रशासन
बिलिभर्स इस्टर्न चर्चले पवित्र धर्मशास्त्र, चर्चका फादरहरुका लेखहरु र अर्थोडक्स चर्चका प्रचलित कानुन वा सिद्धान्तहरु (Canons ) मा समावेश एपिस्कोपल प्रशासन र संरचनालाई अनुसरण गर्दछ।
हाम्रो प्रशासन एन्टिओकका सन्त इग्नेसियस (३५-१०८ ई.सं.) र कार्थेजका सन्त सिप्रियन (२००-२५८ ई.सं.) को शिक्षाअनुरुप छ, जसले सिकाए, “जसरी प्रभुले, पिताबिना, उहाँसँग एक नभई,
केही पनि गर्नुभएन, न त आफैंद्वारा न त प्रेरितहरुद्वारा केही गर्नुभयो, त्यसरी नै तपाईंले पनि बिसप र क्लर्जीहरुबिना केही पनि गर्नुहुँदैन।” (म्याग्नेसियनहरूलाई सेन्ट इग्नाटियसको पत्र, अध्याय ७)।
मेट्रोपोलिटन
बिलिभर्स इस्टर्न चर्चको सर्वोच्च प्रमुख यसको मेट्रोपोलिटन हो। उहाँलाई चर्चको विधिवत अभिषिक्त बिसपहरु (एपिस्कोपसहरु) द्वारा नियुक्त गरिन्छ। मेट्रोपोलिटन चर्चको समग्र नेतृत्वको लागि जिम्मेवार हुन्छन्। बिलिभर्स इस्टर्न चर्चले नेतृत्वमा बहुलताको परम्परागत र अर्थोडक्स अभ्यासको अनुसरण गर्दछ, जसमा मेट्रोपोलिटनले समानहरुमध्ये प्रथम भएर नेतृत्व गर्दछन्। बिलिभर्स इस्टर्न चर्चको हालको मेट्रोपोलिटन हिज होलिनेस मोरान मोर समुएल थियोफिलस मेट्रोपोलिटन हुनुहुन्छ।
पवित्र सिनड
पवित्र सिनड बिलिभर्स इस्टर्न चर्चको मुख्य प्रशासकीय निकाय हो। यसमा बिसपहरुका परिषद्का वरिष्ठ र अनुभवी बिसपहरुमध्येबाट मेट्रोपोलिटनद्वारा नियुक्त गरिएका एपिस्कोपाहरु हुन्छन्, जसले विश्वव्यापी रुपले चर्चको प्रशासनमा मेट्रोपोलिटनलाई सहायता पुर्याउँछन्। सामान्यतया, पवित्र सिनडले प्रशासनिक मामिलाहरुका बारेमा छलफल गर्नको निम्ति वर्षमा दुईदेखि तीन पटक बैठक बस्दछ।
बिसपहरुका परिषद्
विश्व चर्च मुख्यालय भारतको केरलाको तिरुवल्लामा अवस्थित सेन्ट थोमस समुदायमा अवस्थित बिलिभर्स इस्टर्न चर्चको समन्वयकारी कार्यालय हो। यो सेवा र सामान्य प्रशासन दुवैको लागि विश्वव्यापी चर्चको मुख्यालयको रूपमा काम गर्दछ। यसमा महानगरको कार्यालय र सबै बोर्ड र मन्त्रालयहरूको प्रशासनिक कार्यालयहरू पनि छन्।
एपिस्कोपस
विश्व चर्च मुख्यालयहरु
विश्व चर्च मुख्यालयहरु भारतको केरलाको तिरुभल्लाको सन्त थोमा समुदायमा अवस्थित बिलिभर्स इस्टर्न चर्चको समन्वयकारी कार्यालय हो। यसले विश्वव्यापी चर्चको मुख्यालयको रुपमा, सेवा र सामान्य प्रशासन, दुबैका लागि काम गर्दछ। यसमा मेट्रोपोलिटनको कार्यालय, र सबै बोर्ड र सेवाहरुका प्रशासनिक कार्यालयहरु पनि रहेका छन्।
विश्व चर्च मुख्यालय
आर्चडायोसिस, डायोसिस र मिसन प्रोभिन्सहरु
आर्चडायोसिस भनेको धेरै वटा डायोसिसहरु मिलेर बनेको चर्चको एउटा क्षेत्र हो, जसमाथि चर्च र प्रशासनिक नेतृत्व प्रदान गर्नको निम्ति एक जना वरिष्ठ एपिस्कोपालाई नियुक्त गरिन्छ।
चर्चको आत्मिक हेरचाह, प्रशासन र सेवाहरुलाई डायोसिसहरुद्वारा व्यवस्थित गरिन्छ, जुन एक विशिष्ट भौगोलिक स्थानमा अवस्थित धेरै वटा प्यरिस (स्थानीय चर्च) हरु मिलेर बनेको हुन्छ। एपिस्कोपाले एउटा डायोसिसलाई आत्मिक र भौकिक निरीक्षण प्रदान गर्दछन्। डायोसिसका भिकार, डायोसिसको कार्यकारी परिषद् र डायोसिसको परिषद्ले डायोसिसको प्रशासन र काममा एपिस्कोपालाई सहयोग गर्छन्।
धेरै ठुला डायोसिसहरुलाई ससाना भागहरुमा विभाजन गरिन्छ, जसलाई ‘मिसन प्रोभिन्स’ भनिन्छ, जसको नेतृत्व उक्त प्रान्तका भिकारहरुले गर्छन्।
प्यरिस (स्थानीय चर्च) को प्रशासन
प्रत्येक प्यरिस नै कुनै डायोसिस र सिनडको हिस्सा हो, तैपनि यसको एक स्वतन्त्र प्रशासन संरचना हुन्छ। हाम्रो संविधानअनुसार, प्रत्येक प्यरिसको नेतृत्व एक जना याजकले गर्छन्, जसलाई प्यरिस परिषद्ले सहायता पुर्याउँछ। चर्चको सङ्ख्यामा निर्भर गरेर, प्यरिस परिषदमा याजक, सचिव र कोषाध्यक्षसहित सात वा त्योभन्दा धेरै सदस्यहरु हुन्छन्।
डायोसिसद्वारा प्यरिसका याजकको नियुक्त गरिन्छ, र चर्चद्वारा चर्च परिषद् निर्वाचित गरिन्छ र यसमा एल्डर र साधारण सदस्यहरु हुन्छन्। निर्वाचित सदस्यहरुका नाउँहरुका अनुमोदनका लागि आआफ्ना डायोसिसका बिसपसमक्ष पठाइन्छ। परिषद्को सामान्य कार्यकाल एक वर्षको रहन्छ।
डायोसिसले प्रत्येक प्यरिसलाई निरीक्षण र जबाफदेहिता प्रदान गर्दछ। यसले प्रत्येक चर्चलाई स्वतन्त्र रुपमा काम गर्न अनुमति प्रदान गर्छ, र साथै बाँकी चर्चसँग अन्तरनिर्भर रुपले जोडिएको हुन्छ।
हाम्रो खबर सबसक्राइब गर्नुहोस् र अपडेटेड रहनुहोस्।