झम्सिखेल, ललितपुर, नेपाल

हाम्रा चर्चहरू

  • Home
  • हाम्रा चर्चहरू
Believers Eastern Church Nepal
Image Image

अर्थोडक्स विश्‍वास र आराधनाको संरक्षण

येसु ख्रिस्टले आफ्ना प्रेरितहरुका माध्‍यमद्वारा हामीलाई हस्तान्तरण गर्नुभएको प्राचीन विश्वास कालातीत छ, र कुनै पनि संस्कृति र पुस्ताको आत्मिक आवश्यकताहरु पूरा गर्न सक्षम छ, भन्‍ने विश्‍वास बिलिभर्स इस्टर्न चर्चले गर्दछ। पवित्र चर्चले प्रतिनिधित्व गर्ने गरेको येसु ख्रिस्ट यस संसार र यसभित्र भएका मानिसहरुका समस्याहरुका समाधान हुनुहुन्छ। हाम्रो चर्चले पवित्र आत्माको शक्तिमा यो कालातीत विश्वासलाई जीवित राख्छ र हाम्रा वरपरका, नजिक वा टाढाका मानिसहरुकहाँ नियमित रुपले ख्रिस्टलाई ल्‍याउने गर्दछ।

जब मानिसहरु हाम्रो चर्चमा आउँछन्, तिनीहरुले सर्वप्रथम दुई कुराहरुका अनुभव गर्नुपर्छ। पहिलो येसु ख्रिस्ट हुनुहुन्छ। हाम्रा आराधना, हाम्रा सदस्यहरुका प्रेम र चर्चका सबै सेवाहरुका माध्‍यमद्वारा, मानिसहरुले येसुको प्रेम र उपस्थितिलाई अनुभव गर्नुपर्छ।

दोस्रो, तिनीहरुले एउटा यस्‍तो चर्चको अनुभव गर्नुपर्छ जसको विश्वास र अभ्यास सुरुको चर्चको जस्तै छ। प्रेरितको पुस्तक चर्च के हुनुपर्छ र के गर्नुपर्छ भन्नेबारे परमेश्वरले दिनुभएको खाका (नक्‍सा) हो, र यसका पृष्ठहरुमा भेटिने चर्चको आत्मिक वंशाणुगत जानकारी (डीएनए) लाई हाम्रा प्रत्येक प्‍यारिसहरुले मूर्त रुप दिन प्रयास गर्छन्। हाम्रो चाहना जसरी पनि नयाँपन ल्याउन खोज्ने होइन, तर प्राचीन विश्वासलाई सिकाउने, अभ्यास गर्ने र विश्वास गर्ने हो, र हाम्रा पुस्ताकहाँ पुग्ने र तिनीहरुलाई सहभागी गराउने तरिकाले त्यसो गर्ने हो। जस्तो कसैले एक पटक भनेका थिए, “अर्थोडक्सी भनेको आविष्कार गर्ने कुरा होइन, तर निरन्तरता दिने कुरा हो।”

vector

हाम्रा प्‍यारिसहरुका निम्‍ति मार्गदर्शनका सिद्धान्तहरु

प्रत्येक प्‍यारिस एउटा ठुलो देह (शरीर) अर्थात् यसको डायोसिस, बिलिभर्स इस्टर्न चर्च, र “एक, पवित्र र प्रेरितीय चर्च” को एउटा सानो अङ्‍ग वा भाग हो। हामीमा एउटै आत्मिक डीएनए भएको हुनाले, हाम्रा प्‍यारिसहरुमध्‍ये प्रत्येक नै ख्रिस्टजस्‍तै हुने त्यसको आफ्नै यात्रामा रहन्छन्। कुनैले एउटा पक्षलाई अर्कोलाई भन्दा धेरै अङ्गीकार गर्न सक्छन्, तर हामी निम्न आदर्श र सिद्धान्तहरु हासिल गर्न प्रयासरत हुन्‍छौं:

Events Image

ख्रिस्टको एउटा समुदाय बन्‍नु

युखारिस्ट हाम्रो आराधनाको केन्द्र हो, भन्‍ने हाम्रो विश्‍वास हो, र हामीले प्राचीन चर्चको परम्परालाई ध्यानमा राखेर हाम्रो आराधना सेवाहरुमा धर्मशास्त्र पाठ गर्ने र सिकाउने गर्छौं।

प्रत्येक विश्वासीको निम्ति बाइबल आधारभूत कुरा हो। हामी हाम्रो चर्चका प्रत्येक सदस्यलाई दैनिक धर्मशास्त्र पढ्न, स्मरण गर्न र मनन गर्न प्रोत्साहन दिन्‍छौं। परिवारहरुले यसलाई आफ्नो पारिवारिक भक्तिको एक हिस्सा बनाउने गर्छन्।

बाइबल हाम्रो लागि सिद्धान्त र ईश्‍वरशास्त्रको पुस्तक होइन, बरु परमेश्वरले आफ्ना मानिसहरुसँग गर्नुभएको अन्तरकार्यको जीवन्त कथा हो। परमेश्वरको वचनको माध्‍यमद्वारा, हामी उहाँको हामीप्रतिको प्रेम र हामीले त्यो प्रेमलाई कसरी प्रत्यर्पण गर्न सक्छौं भन्ने बारेमा सिक्छौं। त्यसकारण, परमेश्वरलाई प्रेम गर्नु भनेको उहाँको वचन पालन गर्नु हो (सन्त युहन्ना १४:२१)।

ख्रिस्टका चेलाहरु हुनुको अर्थ हो– हामी प्रार्थना गर्ने मानिसहरु हौं जसले व्यक्तिगत र सामूहिक रुपमा प्रार्थना गर्दछौं। हरेक क्रिस्‍चियनले सामान्य तरिकाले नै संस्कारपूर्ण जीवन बिताउनुपर्छ।

प्रेम गर्ने समुदाय हुनु

येसुले आफ्ना प्रेरितहरुलाई भन्नुभयो, “तिमीहरुले एक-अर्कालाई प्रेम गर्‍यौ,” (सन्त युहन्ना १३:३५) भने त्‍यस कुराले संसारले तिमीहरुलाई मेरा चेलाहरु हुन् भनी जान्‍ने छ। यो नै हाम्रो चर्चको जीवनको प्राथमिक लक्ष्य हो। जब हामी चर्च वा परिवारहरुका रुपमा भेला हुन्छौं, हाम्रो सबैभन्दा ठुलो चाहना भनेको हामीले एकअर्कालाई साँच्चै प्रेम गर्न सकौं भन्ने हो, जसरी ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो।

ख्रिस्टको प्रेम उहाँका चेलाहरुका लागि मात्र थिएन, तर सम्पूर्ण संसारको लागि थियो। त्यसकारण, हाम्रा प्‍यारिसहरुले मेहनतपूर्वक आफ्ना समुदायहरुका सेवा गर्छन्, जसरी येसुले गर्नुभयो। ख्रिस्टले गरिब, खाँचोमा हुने र दुःखपीडामा परेकाहरुका भिड देख्‍नुहुँदा, करुणाले उहाँलाई प्रेरणा दिन्थ्‍यो (सन्त मत्ती ९:३५-३८), त्‍यसरी नै हामी पनि करुणालाई मूर्त रुप दिने प्रयास गर्छौं।

प्रेम गर्ने समुदाय हुनु

येसुले आफ्ना प्रेरितहरुलाई भन्नुभयो, “तिमीहरुले एक-अर्कालाई प्रेम गर्‍यौ,” (सन्त युहन्ना १३:३५) भने त्‍यस कुराले संसारले तिमीहरुलाई मेरा चेलाहरु हुन् भनी जान्‍ने छ। यो नै हाम्रो चर्चको जीवनको प्राथमिक लक्ष्य हो। जब हामी चर्च वा परिवारहरुका रुपमा भेला हुन्छौं, हाम्रो सबैभन्दा ठुलो चाहना भनेको हामीले एकअर्कालाई साँच्चै प्रेम गर्न सकौं भन्ने हो, जसरी ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो।

ख्रिस्टको प्रेम उहाँका चेलाहरुका लागि मात्र थिएन, तर सम्पूर्ण संसारको लागि थियो। त्यसकारण, हाम्रा प्‍यारिसहरुले मेहनतपूर्वक आफ्ना समुदायहरुका सेवा गर्छन्, जसरी येसुले गर्नुभयो। ख्रिस्टले गरिब, खाँचोमा हुने र दुःखपीडामा परेकाहरुका भिड देख्‍नुहुँदा, करुणाले उहाँलाई प्रेरणा दिन्थ्‍यो (सन्त मत्ती ९:३५-३८), त्‍यसरी नै हामी पनि करुणालाई मूर्त रुप दिने प्रयास गर्छौं।

आराधना गर्ने समुदाय हुनु

त्रिएक परमेश्वर पिता, पुत्र र पवित्र आत्मा नै हाम्रा प्रत्येक प्‍यारिसका उद्देश्य, ध्‍यान र आकाङ्‍क्षा हुनुहुन्छ। जब हामी भेला हुन्छौं, हाम्रो उद्देश्य परमेश्‍वरको वरिपरि हुनु र उहाँलाई खुशी पार्ने तरिकाले उहाँको आराधना गर्नु हो।

सिद्धान्त, भवन र परम्पराभन्दा येसु ख्रिस्टको सर्वोच्चता बढी महत्त्वपूर्ण छ। प्रत्येक प्‍यारिस र प्रत्येक विश्वासीको लक्ष्य उहाँलाई चिन्नु र उहाँजस्तै बन्नु हो। हामी आफ्‍ना ओठहरुले येसुको स्‍तुति गर्ने मात्र होइन, तर हाम्रा जीवनले उहाँको महिमा पनि गर्छौं।

पवित्र आत्माको शक्तिबिना क्रिस्‍चियन जीवन असम्भव हुन्‍छ भन्‍ने हाम्रो स्‍वीकार हो। तर, जब पवित्र आत्मालाई उहाँको उचित स्थान दिइन्छ, प्रत्येक विश्वासी र प्‍यारिस आफ्‍ना समुदाय र संसारमा येसु ख्रिस्टको प्रभाव पार्नको निम्‍ति सकारात्मक शक्ति बन्छन्।

मिसन-केन्द्रित समुदाय हुनु

येसुले आफ्नो चर्च स्वार्थी होस् वा चर्चले आफ्‍नो भवनभित्र मात्र सीमित भएर समय बिताओस् भन्‍ने इच्‍छा कहिल्‍यै गर्नुभएन। उहाँले तिनीहरुलाई संसारको सेवा गर्न पठाउनुभयो, जसरी उहाँ आफैंले गर्नुभयो। प्रेरितको पुस्तकले हामीलाई चर्चको जीवनको लागि परमेश्वरको इच्‍छा के थियो भनेर देखाउँछ, र यो खाँचोमा परेको संसारमा, वचन र काम दुबैका माध्‍यमद्वारा येसुको प्रेम लिएर जानको निम्‍ति उहाँले दिनुभएको बोलावट पूरा गर्ने कुरामा केन्द्रित छ।